आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पाल्पाली भाकामा आधारित ‘भोटे कुकुर’ लोक गीत सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ८, बिहिबार मा प्रकाशित ७ महिना अघि
  • ६ पाठक संख्या
  • काठमाडौं । पाल्पाली मौलिक भाकामा आधारित नयाँ नेपाली लोक गीत ‘भोटे कुकुर’ सार्वजनिक भएको छ। चर्चित गायिका कोमल ओलीको सशक्त स्वरमा सजिएको यो गीत जिरो आवर्स डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

    गीतमा सीमा ज्ञवालीको शब्द, राजेशकुमार श्रेष्ठको संगीत रहेको छ भने निर्देशन तथा कोरियोग्राफी सुरेश पाण्डेले गरेका छन्। भिडियोमा अश्मिता राना मगर र गरिमा भट्टराईको अभिनय देख्न सकिन्छ।
    गीतको छायांकन रामेश्वर हुमागाईं, सम्पादन तथा रंग संयोजन नरत्तम पाण्डे, मेकअप प्रिया नगरकोटी, र स्टुडियो म्युजिक क्लाउडमा गरिएको हो।

    ‘भोटे कुकुर’ गीतले पाल्पाको मौलिक संस्कृति, जनजीवन, व्यङ्ग्य र सामाजिक सन्देशलाई लोकधुनमार्फत रमाइलो शैलीमा प्रस्तुत गरेको छ।https://youtu.be/xnjbJfn2hPc?si=8vVc5p-9ZLQsBz4l

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट