आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मिश्रित प्रतिक्रिया आउँदा पनि विष्णु माझीको गीतलाई लोभलाग्दो भ्युज


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • ९ पाठक संख्या
  • गायिका विष्णु माझीको तीज गीत 'म त नराउरी' सार्वजनिक भएसँगै चर्चामा छ।

    यो गीतलाई कतिले राम्रो प्रतिक्रिया दिइरहेका छन्। कतिले एउटै फ्लेवरको आएको बताएका छन्। गीतलाई लिएर मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। तर पनि गीतले भ्युज भने लोभलाग्दो पाइरहेको छ।

    सार्वजनिक भएको २४ घण्टामा गीतलाई युट्युबमा १३ लाखभन्दा बढीपटक हेरिएको छ। 

    बुधबार बिहान सार्वजनिक गीतको भ्युज बिहीबार दिउँसोसम्म १५ लाख नजिक पुगिसकेको छ। 

    'पुतलीको भट्टी' भाग २१ का रूपमा आएको गीतमा खासगरी छोरा र छोरीबीचको विभेद, पितृसत्तात्मक सोच र नारीको जीवनको मार्मीक कथालाई उठान गरिएको छ।

    सदाझैं शब्द, संगीत र भिडिओ निर्देशन विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको छ। आशिष अविरलको एरेन्ज रहेको गीत राग स्टुडिओमा रेकर्डिङ गरिएको हो। 

    भिडिओमा विष्णुका अघिल्ला सुपरहिट गीत 'चरी जेलैमा', 'आइनँ आमा यो तीजमा' कै मोडल ललिता पौडेललाई निरन्तरता दिइएको छ। त्यस्तै, कोरियोग्राफी मौसम हिमालीले गरेका छन्। 

    भिडिओमा ६० जना कोरस रातो र हरियो साडीमा नृत्य गरेका छन्।भिडिओमा छायांकन शम्भु चालिसेको छ भने सम्पादन प्रविन भट्टले गरेका हुन्। गीत सार्वजनिक भएसँगै टिकटकलगायतका सामाजिक सञ्जालमा पनि चर्चा पाइरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट