
समाचार कुञ्ज निराज रानाभाट, चितवन । सरिता इभेन्ट्सले ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने नारासहित ‘ सरिता इभेन्ट्स सांगीतिक साँझ ’ आयोजना गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका -३, नारायणगढस्थित पर्व बैङक्युटमा पुस २५ गते, शुक्रबार साँझ ५:०० बजेदेखि सो कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेटको प्रस्तुति र अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
सरिता ईभेन्ट्सकी अध्यक्ष सरिता आचार्यले दिएको जानकारी अनुसार कार्यक्रममा गायक रमेश श्रेष्ठ (मेलोडी), गायिका शान्ता रानी परियार, गायक श्याम राना मगर र अनिल सुनारको प्रस्तुति रहने छ । उक्त कार्यक्रमको सहयोगी संस्थाहरुमा सोफा हव चितवन, आरती ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, ब्यूटी लुक्स पार्लर, जस्मिन ब्यूटी सैलुन, ब्यूटी कस्मेटिक सप, रोशन होमियोप्याथिक फामेर्सी, अर्भिक ईन्टरप्राइजेज् र होटल ह्याप्पी होम रहेका छन् । साथै, उक्त कार्यक्रमको टिकट पार्टनरमा होटल जमघट रहेको छ, भने डान्स पार्टनरमा डान्स प्लानेट रहेको छ ।

प्रतिक्रिया दिनुहोस