आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

(व्यासमा पोल ढल्दा विद्युत अवरुद्ध, दिउँसो १ बजेसम्म विद्युत


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २१, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • पृथ्वीराजमार्ग विस्तारको क्रममा पोल नजिकको जमिन भासिदा व्यासमा दुई वटा पोलमा क्षति पुगेको छ । पोल ढल्दा राती १ बजेदेखि दमौली–खैरेनीटार  ३३ केभी प्रसारण अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका इन्जिनीयर निरोज पौडेलले जानकारी दिए ।

    पोल ढल्दा म्याग्दे, शुक्लागण्डकी, भिमाद, ऋषिङ, घिरिङ, नवलपुरको बुलिङटार र बौदिकाली गाउँपालिकाका केहि भागमा विद्युत अवरुद्ध भएको छ । ढलेको पोलको ठाउँमा नयाँ पोल हाल्ने काम भइरहेको पौडेलले बताए । उनका अनुसार निरन्तरको वर्षाले काममा बाधा भएको छ । दिउँसो १ बजेसम्म नयाँ पोल हालेर विद्युत सुचारु गर्ने तयारी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट