आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

दाङको रिहार नजिक बस दुर्घटना हुँदा २ जनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८० माघ ८, सोमबार मा प्रकाशित २ साल अघि
  • ९ पाठक संख्या
  • ८ माघ, काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका-१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    उक्त बस बर्दियाबाट काठमाडौं आउँदै थियो । बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले पट्टा भाँचिएर बस दुर्घटना भएको अनुमान गरिएको जनाएको छ ।

    गत पुस २७ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बस दाङको राप्ती गाउँपालिका-१ भालुबाङमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट