आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मानपुर–डेढगाउँ सडक १५ दिन बन्द हुने


  • समाचार कुञ्ज
  • २०८० फागुन १, मंगलबार मा प्रकाशित २ साल अघि
  • ११ पाठक संख्या
  • मानपुर–डेढगाउँ सडक १५ दिन अवरुद्ध हुने भएको  छ। सडक कालोपत्रे गर्नको लागि फागुन ७ गते देखि २२ गतेसम्म बन्द हुने पूर्वा विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो।

    मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे हुन लागेको उहाँले जानकारी दिनुभयो।  

    गण्डकी प्रदेश सरकारले गौरवको योजनाका रूपमा सूचीकृत यस आयोजनाको घिरिङ गाउँपालिकाको मानपुरबाट कालोपत्रे सुरु गरिने कार्यालयको सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिनुभयो।  

    अस्फाल्ट प्रविधि सडक कालोपत्रे गरिने कार्यालयले जनाएको छ। सडक बन्द हुने समय अवधिभर वैकल्पिक सडक प्रयोग गर्न कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट