आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

अबैध धान र घाँसको बीउ बरामद !


  • समाचार कुञ्ज
  • २०८० फागुन ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • १० पाठक संख्या
  • पश्चिम नवलपरासी प्रहरीले भारतबाट अबैध रुपमा ल्याइएको धान तथा घाँसको बीउ बरामद गरेको छ । प्रहरीको विभिन्न इकाईबाट खटिएको प्रहरी टोलीले अबैध धान र घाँसको बीउ बरामद गरिएको हो ।

    मंगलबार जिल्लाको सरावल गाउँपालिका- ७ जय प्रकाश पाण्डे र सत्यश्वर पाण्डेको घर अगाडी बेवारिसे अवस्थामा राखेको १५५ बोरा (६९.७५ क्वीन्टल) धान अन्दाजी मूल्य रू.३,२७,८२५/- (अक्षरेपी तीन लाख सत्ताईस हजार आठ सय पच्चिस रुपैंया) र ५३ बोरा (२६.५ क्वीन्टल) घाँसको बिउ अन्दाजी मूल्य रू.२,६५,०००/- (अक्षरेपी दुई लाख पैसठ्ठी हजार) बराबरको अबैध धान र घाँसको बीउ बरामद गरी आबश्यक कारबाहीका लागि महेशपुर भंसार कार्यालयमा बुझाएको कार्यालयका सुचना अधिकारी एवम्  प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिएको छ ।

    यस बारेमा थप अनुसन्धानसमेत भैइरहेको बोहराले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट