आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेढगाउँसम्मको ११ किलोमिटर कालोपत्र गर्न सुरू


  • समाचार कुञ्ज
  • २०८० फागुन ६, आईतबार मा प्रकाशित २ साल अघि
  • ८ पाठक संख्या
  • ट्रयाक खुलेको २९ वर्षपछि तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बुलिङटार गाउँपालिका जोड्ने मानपुर–डेढगाउँ–बुलिङटार सडक कालोपत्र सुरु गरिएको छ ।

    सो सडक कालोपत्रकोलागि १५ दिन अवरुद्ध हुने भएको छ । अस्फाल्ट प्रविधिबाट उक्त सडक कालोपत्रे गरिने कार्यालयले जनाएको छ । सडक कालोपत्र गर्नको लागि आगामी फागुन ७ गते देखि २२ गतेसम्म बन्द हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।
     

    उक्त सडक २०५१ सालमै ट्रयाक खुलेपनि नियमित सवारी सन्चालन हुन सकेको थिएन । गन्डकी प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला मन्त्री किरण गुरुङले सो सडक स्तरोन्नती गरि कालोपत्र गर्न भौतिक पुर्वाधार मन्त्रालय मार्फत २०७६ को बजेटमा ३५ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

    पहिलो चरणमा तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेढगाउँसम्मको ११ किलोमिटर खन्ड कालोपत्रको लागि २२ करोड ८५ लाख लागत अनुमान भएपनि टेन्डर प्रक्रिया मार्फत सपना निर्माण सेवा हेटौंडासँग १२ करोड २९ लाख ३२ हजार ३१६ रुपैयाँमा २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो ।

    अहिले पहिलो चरणमा तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट नवलपुरको डेढगाउँसम्मको उक्त ११ किलोमिटर खन्डमा कालोपत्र गर्न लागिएको पुर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले बताए ।

    तत्कालिन अर्थमन्त्री किरण गुरुङले मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी (हिमाल र तराई) जोड्ने सबैभन्दा छोटो दूरीको उक्त सडकलाई गन्डकी प्रदेश सरकारको गौरबको रुपमा छनौट गरि ३५ करोड रुपैयाँ विनियोजन गरेका थिए । यसविचमा कोरानो महामारी लगायत विभिन्न कारणले कालोपत्र गर्न ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट