आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

स्वर्ण जयन्ती मनाउँदै देवघाटको पार्वती मावि


  • समाचार कुञ्ज
  • २०८० चैत्र १९, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • देवघाट, 

    देवघाट गाउँपालिका–१ स्थित पार्वती माविले स्थापनाको ५० औं वर्ष प्रवेशको अवसरमा स्वर्ण जयन्ती कार्यक्रम मनाउने भएको छ ।विद्यालयले यही चैत २५ देखी २९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरि स्थापनाको ५० औँ वर्ष प्रवेश तथा स्वर्ण जयन्ती कार्यक्रम मनाउने भएको हो ।

    हाम्रो सान, हाम्रो गौरव, हाम्रो पार्वती’ भन्ने मुल नारा सहित मनाइने उक्त कार्यक्रमको तयारी भईरहेको विद्यालयका प्रअ राजु गिरीले बताए । स्वर्णजयन्ती कार्यक्रमको लोगो समेत सार्वजानिक भईसकेको प्रअ गिरीले बताए ।

    स्वर्ण जयन्ती कार्यक्रममा विभिन्न खेलकुद तथा स्थानीय लोक संस्कृति झल्कने कार्यक्रम, विद्यार्थीको प्रतिभा प्रदर्शनी, शैक्षिक सामग्री प्रदर्शनी, नृत्य तथा गायन सहित राष्ट्रिय कलाकार समेतको प्रस्तुती रहनेछ । साथै जातिगत साँस्कृतिक झाँकी, बाजागाजा सहित बृहत् कलश यात्रा समेत गरिने कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

    स्वर्ण जयन्ती कार्यक्रमलाई भव्य र बिशेष बनाउन आवश्यक सबै तयारी गरिने प्रअ गिरीले बताए । उक्त कार्यक्रममा विद्यालयलाई विभिन्न समयमा सहयोग गर्ने दाता तथा शिक्षाविदलाई सम्मान समे गरिनेछ ।देवघाट अनलाइनाट साभार

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट