आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

चैते पुर्णिामाको अवसरमा डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिता हुँदै 


  • समाचार कुञ्ज
  • २०८१ बैशाख ८, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • कावासोती । चैते पुर्णिमाको अवसरमा बौदीकाली-२ डेढगाउँमा चैते पुर्णिमा मेला तथा  डेढगाउँ अकलादेवी कप भलिबल प्रतियोगिताहुने भएको छ ।

    बौदीकाली-२ डेढगाउँमा रहेको अकला देवि मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिको आयोजनामा यहि वैशाख ११ गतेदेखि १४ गते सम्म मेला तथा भलिबल प्रतियोगिता हुने भएको हो ।

    तीन दिन सम्म चल्ने मेला तथा प्रतियोगितामा पालिका स्तरीय भलिबल प्रतियोगिता सँगै स्थानीय कलाकार प्रस्तुति रहने शुक्रबारडेढगाउँमा आयोजना गरिएको अकला देवि मन्दिर तथा अकला गुफा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष टंक पुलामीले जानकारीदिए ।

    नवलपुर, तनहुँ, स्याङजा, पाल्पा र बाग्लुङ जिल्लाका विभिन्न पालिकाबाट १० भन्दा धेरै टिमले भाग लिने प्रतियोगिताको प्रथम पुरस्कार१ लाख ५० हजार र द्वितीय पुरस्कार ७५ हजार रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

    त्यसै गरि प्रतियोगिताको सेमिफाइनल पुग्ने अन्य दुई टिमलाई २०/२० हजार, उत्कृष्ट खेलाडीलाई ८ हजार तथा उत्कृष्ट स्पाईकर, बलकर, सेटर, लिबेरो र प्रशिक्षकलाई जनही ५ हजारको दरले पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ । प्रतियोगितामाजिल्ला भलिबल संघको प्राविधिक सहयोग रहने छ भने जिल्ला खेलकुद विकास समितिको समन्वयमा प्रतियोगिता सन्चालन हुनेजनाईएको छ 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट