आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

थुम्की डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न 


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • अञ्जना थापा 
    जेष्ठ ५, भिमाद 
    विश्व शान्ति बौद्ध विहार भिमाद नगरपालिका ६ थुम्की डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विहार परिसरमा आयोजित वृक्षरोपण कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले वृक्ष रोप्दै कार्यक्रमको आरम्भ गरेका थिए । भिमाद र तनहुँ जिल्लाकै गौरवको आयोजनाको रूपमा रहेको विश्व शान्ति बौद्ध विहार परिसरलाई प्रदेश सरकारले विशेष चासोको रूपमा लिइरहेको बताएका थिए । विश्व शान्ति बौद्ध विहारले भिमाद नगरपालिका क्षेत्रको अर्थतन्त्रलाई समेत प्रतक्ष्य प्रभाव पार्ने हुनाले सबै स्थानीय तह , सामाजिक संघ संस्था , क्लब ,आमा समुह लगायतले श्रमदान र आवश्यक सहयोग गरी निर्माण सम्पन्न आग्रह गरेको विश्व शान्ति बौद्ध विहार भिमादले जनाएको छ। 

    यस्तै वृक्ष रोपण कार्यक्रममा भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले भिमाद नगरपालिकाले विहार निर्माण सम्पन्न गर्नका लागि पूर्ण रूपमा सहयोग गर्न तयार भएको बताएका थिए ।  विश्व शान्ति बौद्ध विहार निर्माण सम्पन्न गरी नेपाल लगायत विभिन्न देशहरूबाट बौद्ध धर्मावलम्बी साथै पर्यटक भित्रायी धार्मिक गन्तव्यका रुपमा स्थापित गर्ने साथै आर्थिक गतिविधि चलायमान बनाउने बताएका थिए । 

    यस्तै  भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशीले 
    भिमाद नगरपलिका वडा नं ६ ले पैदल मार्ग निर्माण गरी सकेको साथै जेठ महिना भित्रै सिँढी मार्गमा सोलार बत्ती जडान गर्ने बताएका थिए । 

    वृक्षरोपण कार्यक्रममा कार्यपालिका सदस्य इन्दिरा खड्का लगायतल अन्य जनप्रतिनिधि साथै स्थानियहरुले आँप, जामुन , कपूर , टिमुर , कटहर , एभोकाडो लगायत विभिन्न प्रजातिका फूलको विरुवा रोपेका थिए । 
    साथै विहारका अध्यक्ष देव बहादुर थापाले जेष्ठ ५ र ६ गते भिमाद बजारमा दान संकलन कार्यक्रम आयोजना गरिएकोले सबैलाई सहयोग गर्नका लागि अपिल गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट