आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कास्कीमा पहिरोमा परी २ जना बालबालिकाको मृत्यु, १ जना घाइते


  • समाचार कुञ्ज
  • २०८१ अषाढ १३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • कास्की । गएराति अविरल वर्षापछि पहिरोमा परेर कास्कीमा २ वटा छुट्टाछुट्टै घटनामा १ जना बालिका र १ जना बालकको मृत्यु भएको छ । उक्त घटनामा १ जना घाइते भएका छन् ।

    कास्कीको मादी गाउँपालिका -५, चितेपानी घुम्तीस्थित प्रकाश रानाभाटको घरमा बिहान ०२:१५ बजे गएको पहिरोले कोठामा सुतेकी १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको छ । ७० वर्षीया हजुरआमा लालमाया बन्जारालाई सकुशल उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए ।

    यसैगरी, बिहान ०३:०० बजेको समयमा कास्कीको पोखरा महानगरपालिका -२७, आरुपाटामा ३१ वर्षीय हरि सुनारको २ कोठाको कच्ची घर पहिरोले भत्किदा सुनारका ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको छ ।

    घटनामा घाइते भएकी २७ वर्षीय रितु सुनारको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो घटनामा हरि र उनकी ९ वर्षीय छोरी अञ्जलीलाई सकुशल उद्धार गरिएको थियो । पहिरोले घर पूर्ण रुपमा क्षति पुगेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट