आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

बाघको आक्रमणबाट च्याउ टिप्न गएका तीन महिला घाइते


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २४, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • दाङ। दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् । सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

    उनका अनुसार तुलसीपुर ९ वेलुवा निवासी ४५ बर्षीया कमला केसी, सोही ठाउँकी ५३ बर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ बर्षीया सरिता भण्डारी घाइते भएका हुन् । केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरीताको दाँया हातमा सामान्य चोट लागेको छ ।

    घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।ऊनीलाई आक्रमण गर्ने बाघ जंगलतिर भगेको बताएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट