आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नारायणगढ–मुग्लिनमा खसेको पहिरोले दुई वटा बस बगायो


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज र काठमाडौँ–गौर चल्ने यात्रुबाहक बस बगाएको प्रारम्भिक विवरण प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    काठमाडौँ–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौंबाट गाैर जाँदै गरेकाे बसमा ४१ जना यात्रु सवार रहेको भन्ने जानकारी आएको प्रजिअ यादवले बताए । यात्रुहरुको उद्धारका लागि चितवन प्रहरी प्रमुख भावेष रिमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले बताए । प्रजिअ यादव पनि घटनास्थलमा पुगिसकेका छन् । नारायणी अनलाइन

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट