आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

स्वतन्त्र विद्यार्थी युनियन मादी बहुमुखी क्याम्पसले उन्नत जातका एक हजार (१०००) विरुवा वृक्षरोपण गर्यो


  • समाचार कुञ्ज
  • २०८१ अषाढ ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • ´´खाली भु- भागमा रोपी विरुवा बनाऔं ,हराबरा
     भुक्षय, प्राकृतिक प्रकोपबाट बचाउछ बोट विरुवा बन्छ हाम्रो साहारा“ भन्ने मुख्य उदेश्यका साथ संखुवासभाको मादी नगरपालिकामा रहेको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) मादी बहुमुखी क्याम्पसले उन्नत जातका एक हजार (१०००) विरुवा वृक्षरोपण अभियान  असार २९ गते सम्पन्न  गरेको छ। स्ववियु का.वा.सभापतिको अध्यक्षतामा राष्ट्रिय अनुसन्धान आयोगका मादी नगर प्रमुख मनिस बुढाथोकीको प्रमुख आतिथ्यमा उदघाटन भएको थियो भने पुर्व स्ववियु सभापति यादव खड्का,टङ्क दाहालको पनि उपस्थिति रहेको थियो।

    क्याम्पसका विद्यार्थीहरु ,संचालक समितीहरु, क्याम्पसका प्राध्यापकहरुको उपस्थिति मा सम्पन्न भएको हो।संखुवासभा जिल्लाका क्याम्पसहरु मध्ये मादी बहुमुखी क्याम्पस स्ववियुले सबैभन्दा पहिले र उत्कृष्ट काम गरेको यहाँ भन्दा पहिले कुनै पनि बिद्यालय ,क्याम्पसका विद्यार्थीहरुले यसरी वृक्षरोपण अभियान गरेका थिएनन्। यसरी बृहत वृक्षरोपण कार्यक्रममा मादी क्याम्पस नै पहिलो रहेको जिल्ला वन डिभिजनका प्रमुख भिम बहादुर कालिकोटेले बताउनु भयो।

    उक्त कार्यक्रमका लागी T- shirt संखुवासभा जिल्ला वन कार्यालयका प्रमुख भिम बहादुर कालिकोटे र माननीय बिदुर कुमार लिङ्थेपका स्वकीय सचिव सन्दीप घिमिरेले प्रायोजन गर्नु भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट