आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

कावासोती खानेपानीद्वारा  सार्वजनिक स्थानमा थप एक धारा जडान


  • समाचार कुञ्ज
  • २०८१ श्रावण २, बुधबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • कावासाेति, साउन २
     कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वरा थप एक स्थानमा  सार्वजनिक धारा जडान गरेकाेछ ।
    अाफ्नै कार्यालय अगाडि सार्वजनिक धारा जडान गरेकाे यश संस्थाले धेरै हिड्ने यात्रुलाई लक्षित गरी कावासोतीको फलफुल चोकमा थप खानेपानीको धारा जडान गरेको छ । 

     विशेषगरी बजार क्षेत्रमा मानिसहरुको भिडभाड र जमघट धेरै हुनेभएकाले उपभोक्तालाई  लक्षितगरी चोकचोकमा खानेपानीको धारा जडान गरीएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिपकराज लम्सालले बताए । 

    बजार क्षेत्रमा हिड्ने नागरिक,यात्रु कसैलाई पनि पानीको अभाव नहोस् र सकेसम्म पानी किन्न नपरोस भन्ने उद्देश्यसहित फिल्टर धारा जडान गरीएको कावासोती खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दिपकराज लम्सालले बताए ।
    नेपाल ईन्भेष्मेन्ट मेघा बैङकको लागतमा फलफुल चोकमा र यसभन्दा पहिला खानेपानी कार्यालय अगाडी प्राईम बैङकको लागतमा कावासोती नगरपालिकाको कार्यालय अगाडि धारा जडान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट