आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

पहिरोले कालीगण्डकी करिडोर अन्तरगत गैडाकोट- बुलिङटार सडक खण्ड अवरुद्ध


  • समाचार कुञ्ज
  • २०८१ श्रावण २७, आईतबार मा प्रकाशित १ साल अघि
  • ५ पाठक संख्या
  • नवलपुर । अबिरल बर्षासंगै पहिरो खसेपछि कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको गैंडाकोट- बुलिङटार मा सडक खण्ड अवरुद्ध भएको छ । पहिलाले गैंडाकोट नगरपालिका- ३ हिउँदेखोला र तरङ्गखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    पहिराले सडक अवरुद्ध हुँदा कालीगण्डकी करिडोर अन्तरगत गैंडाकोट हुदै जाने बुलिङटार, डेढ्गाउँ र पाल्पाको रामपुरतर्फ यातायात सञ्चालन हुन सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार पहिरो हटाउनका सडक बिभाग र स्थानीयसंग समन्वय भइरहेको बताए । सो क्षेत्रमा वर्षा भईरहेकोले वर्षा रोकिएपछि पहिरो हटाइने भएकाले कालीगण्डकी करिडोर भएर आवातजावत गर्ने स्थानीयहरुलाई कल्पिक मार्ग प्रयोग गर्न पौडेलले अनुरोध गरेको छ ।नवलपुर टुडेबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट