आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आज तिजको दर खाने दिन


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २०, बिहिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • नेपाली हिन्दु नारीले हरितालिका (तीज) व्रतको तयारीस्वरुप आज दर खाने तयारी गरेका छन् । दरखाने दिनसँगै चार दिने तिजपर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिनआज दर खाइन्छ ।

    माइतीपक्षले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ ।  जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभवीको भनाइ छ  

    हिन्दु महिलाहरूको महान चाड हरितालिका तीजको अघिल्लो दिन दर खाने चलन छ । तीजको अघिल्लो दिन आज (बिहीबार) दर खाएर भोलिपल्ट व्रत बसी पूजा र नाचगान गर्ने गरिन्छ । 

    विशेषगरी छोरी चेली तथा दिदीबहिनीलाई घरमा बोलाएर खीर, गुँद, हलुवा, मिठाई, फलफूल लगायत मिष्ठान्न परिकार बनाएर राति अबेरसम्म दर खाने गरिन्छ । मध्य रातमा दर खाएका महिलाले तीजको मुख्य दिन भोलि निराहार ब्रत बसी,  भगवान शिवको पूजा आराधाना तथा नाचगान गर्ने गर्छन् ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट