आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फूलमाया रानाभाट निर्वाचित


  • समाचार कुञ्ज
  • २०८१ माघ १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ११ पाठक संख्या
  • निराज रानाभाट, चितवन । चितवन जिल्ला अदालत बार एशोसिएशनको अध्यक्षमा फुलमाया रानाभाट निर्वाचित भएकी छिन् । आज सम्पन्न अधिवेशनमा नुनराज सिलवाललाई पराजित गर्दै रानाभाट निर्वाचित भएकी हुन् । रानाभाटले ८१ मत प्राप्त गरेकी थिईन्, भने उनका निकटतम प्रतिद्धन्द्धी सिलवालले ७८ मत प्राप्त गरेका थिए । यसैगरी, एशोसिएशनको उपाध्यक्षमा सिताराम अधिकारी निर्वाचित भएका छन् । अधिकारीले आफ्ना निकटतम प्रतिद्वन्दी सरिता सापकोटालाई पराजित गरेका हुन् । अधिकारीले ९१ मत ल्याउँदा सापकोटाले ६६ मत प्राप्त गरेकी थिईन् । 

    त्यस्तै, एशोसिएशनको सचिवमा कुलचन्द्र खनाल विजयी भएका छन् । खनालका निकटतम प्रतिद्धन्दी बलराम पौडेल पराजित भएका छन् । खनालले ८९ मत ल्याउँदा पौडेलले ७० मत प्राप्त गरेका थिए । यस्तै, एशोसिएशनको सह – सचिवमा पवित्रा सुवेदी निर्बिरोध रुपमा निर्वाचित भएकी छिन् । त्यसैगरी, एशोसिएशनको कोषाध्यक्षमा दिपकराज तिमिल्सिना विजयी भएका छन् । तिमिल्सिनाका निकटतम प्रतिद्धन्दी सपि मिया पराजित भएका छन् । तिमिल्सिनाले ८१ मत ल्याउँदा मियाले ७५ मत प्राप्त गरेका थिए । 

    यसैगरी, एशोसिएशनको खुल्ला सदस्यहरुमा शेखरनाथ पोखरेल, किरण गुरुङ, सुरेन्द्रराज सुवेदी, शम्भु बर्तौला, राजकुमार प्याकुरेल, अजय कुमार तामाङ र केदार राज पन्त विजयी भएका छन् । त्यस्तै, एशोसिएशनको केन्द्रिय पार्षदमा राजेन्द्र सिलवाल, श्रीराम दवाडी, मुन्ना विक्रम खाती, पूर्णचन्द्र चापागाईं, दिवाकर अर्याल, गोमा न्यौपाने र रेशम काफ्ले विजयी भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट