आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

पोखरामा प्याराग्लाइडिङ अवतरण गर्ने क्रममा दुर्घटना हुँदा दुई वटा प्याराग्लाइडिङ फेवा तालमा खस्यो


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २८, बुधबार मा प्रकाशित ८ महिना अघि
  • ७ पाठक संख्या
  • ल्यान्डिङ गर्ने क्रममा बुधबार पोखरामा दुई वटा  प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् ।  पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो ।

    सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको  हो

    उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट