आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सिस्नेरी रात ढुङगामा गिटी–माटो उत्खनन समस्या समाधान गर्न सर्वदलिय कार्यदल गठन


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ ३०, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • १० पाठक संख्या
  • तनहुँ ३० जेठ, 
    भिमाद नगरपालिका–७ स्थित सिस्नेरी रात ढुङगामा भएको निजि जग्गा उत्खनन सम्बन्धी विवाद समाधान गर्न भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा विभिन्न राजनितिक दलका प्रतिनिधि, वडा अध्यक्ष ,कार्यपालिका सदस्य ,विभिन्न  सामाजिक व्यक्तित्व उपस्तिथिमा उक्त स्थानमा सृजना भएको मुडभेट लाई रोक्दै समाधानको उपाय खोज्न उप प्रमुख सारदा खनालको संयोजकत्वमा कार्यदल गठन भएको छ ।  

    बिषयलाई सत्य तथ्य छानबिन गर्नका लागि उप प्रमुख शारदा खनालको संयोजकमा सात कार्यदल गठन गरिएको छ । सदस्यहरूमा प्रतिनिधि नेपाली कांग्रेसबाट मिलन आले ,वडा न.७ अध्यक्ष प्रकाश श्रेष्ठ , वडा न. ८ का अध्यक्ष अण बहादुर शाही , एमाले प्रतिनिधि चतुरभुज सुवेदी ,माओबादि केन्द्र अमृत सिग्देल  , रा.स्वा.पा. हरि लम्साल रहेका छन्।

    उक्त जग्गाको विषयमा उत्खनन विषयमा गतवर्ष पनि स्थानीय टोल विकास समिति तर्फबाट निवेदन परेको थियो ।तर पछि नगरपालिकामा बसी सहमति गरेको देखिन्छ । नगरपालिकाको पहलमा भएको यस पटकको प्रयास पनि सफल मिलेको छ । सरकारवालाहरू ,राजनितिक दलहरू र समाज दुबै पक्षको कुरा गुनासा सुनेर सबैमा बढि उपयुत्त निकास निकाल्नु समयको माग सहित सर्वसाधारण जनता पनि यसको हकदार  हो । 

    नगरप्रमुख  सुवेदी स्वास्थ्य मन्त्रालयमा हामी संग भएका डाक्टरको  कार्य अबधी पुराहुन लाग्दै गर्दा २जना डाक्टर पठाईदिन र अनुरोध सहित बिबिध कामले काठमाडौं गएको बेला उत्खनन् गर्ने पक्ष र सझेरी बिचमा बिबाद भएको र कुनै अप्रिय घट्ना नघटोस् भनेर प्रहरी आएको  थहां पाएपछि  कुनै पनि काम अगडि नबडाउन   निर्देशन गरेको थहांहुन आएको छ।      समस्या पहिचानको लागि जुन सर्बदलिय समिति बनेको छ ।त्यस समितिले फिल्ल अध्यन,सरोकार वाला सबै पक्ष संग बसेर छलफल गरि समस्या  पहिचन गरेर नगरपालिका लाई सुझाब दिने छ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट