
समाचार कुञ्ज पुष ०६ गते समर रानाभाट
बौदिकाली गाउँपालिका र कृष्ण गण्डकी बचत तथा ऋण सहकारी संस्था लि.को संयुक्त आयोजनामा ७ अौ बृहत रक्तदान कार्यक्रम हुने भएको छ । "रक्तदान जीवन दान" रक्तदान गरौं ,पुण्ने कमाअौ ! भने उदेश्यले नेपाल रेडक्रस सोसाईटी कावासोती उप- शाखाको प्रविधि सहयोग , नेपाल रेडक्रस सोसाईटी बौदिकाली उप- शाखा , बौदिकाली स्वास्थ्य अस्पताल सहयोगी संस्था रहने गरि रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । ।
आयोजकले दिएको जानकारीअनुसार बुधवार बिहान ०९ बजेदेखि दिउँसो २ बजेसम्म कृष्ण गण्डकी साकोष, सहकारी भवन खहरे डेढगाउँमा कार्यक्रम सुरु हुनेछ । कार्यक्रममार्फत युवा पुस्तालाई सामाजिक उत्तरदायित्वबारे सचेत गराउने र रक्तदानलाई निरन्तर अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको पनि बताइएको छ ।
आयोजक संस्थाले सबैलाई रक्तदान कार्यक्रममा सहभागी भई मानव जीवन बचाउन महत्वपूर्ण योगदान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस