आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

के हो मिशन रेड ?


  • समाचार कुञ्ज
  • २०८१ बैशाख ५, बुधबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • निराज रानाभाट, चितवन : एस डि फाउन्डेसन र ब्लड डोनर्स सोसाइटी नेपालको संयुक्त सहकार्यमा रगतको क्षेत्रमा नयाँ मिशन लन्च भएको हो ।

    मिसन अन्तर्गत यस ५ हजार पिन्ट रगत संकलन, हजारौं व्यक्तिहरुलाई आकस्मिक रगत व्यवस्थापन, १० हजार भन्दा बढी युवाहरुलाई रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रमका साथै डिजिटल क्याम्पेन मार्फत ५० लाख युवाहरु माझ पुग्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।  

    यस अभियान चितवन लगायत विभिन्न जिल्लामा वर्षभरी रक्तदान कार्यक्रम, रक्तदाता उत्प्रेरणाका कार्यक्रमहरु, डिजिटल क्याम्पेनहरु, रक्तदाता डेटा कलेक्सन, डिजिटल र भौतिक सर्वेक्षण, भिडियो प्रतियोगिता, ह्याकाथन लगायतका कार्यक्रमहरु गर्ने लक्ष्य रहेको ब्लड डोनर्स सोसाइटी नेपालका अध्यक्ष अर्जुन अधिकारीले बताए ।

    यस्तै, रगत व्यवस्थापनमा समन्यकारी गर्दै सक्रिय भूमिका निर्वाह गरेको एक संस्था ब्लड डोनर्स सोसाइटी नेपाल हो । ब्लड डोनर्स सोसाइटी नेपालले हालसालै मेची – महाकाली अभियान अन्तर्गत ३२ वटा जिल्लामा रक्तदान सम्बन्धि उत्प्रेरणा कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट