आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

शिलान्यासको पाँच वर्षपछि नमूना सदरमुकाम निर्माण प्रक्रिया अघि बढ्यो


  • समाचार कुञ्ज
  • २०८१ बैशाख ९, आईतबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको नमूना सदरमुकाम निर्माणको प्रक्रिया अघि बढेको छ । शिलान्यासको पाँच वर्षपछि जिल्लाको महत्वपूर्ण आयोजनका रुपमा हेरिएको नमूना सदरमुकाम निर्माणको काम अघि बढेको हो ।

    जिल्लामा रहने संघ तथा प्रदेश मातहतका सरकारी कार्यालयहरू एकै स्थानमा बनाउने गरि कावासोती नगरपालिका वडा नम्बर –३,मा रहेको एक सय ८७ विघा जग्गामा नमूना सदरमुकाम निर्माणको काम थालनी गरिएको थियो । विसं. २०७६ वैशाख ७ नमूना सदरमुकाम निर्माणको योजना अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । संघीयता पछि तत्कालीन नवलपरासीबाट अलग भएको नवलपुरको नयाँ ,व्यवस्थित र आधुनिक शैलीको सदरमुकाम निर्माण गर्ने योजना अनुसार यसलाई नमूना सदरमुकाम नामाकरण गरि काम थालिएको

    थियो । शिलान्यासको पाँच वर्ष पछि मात्र निर्माणको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले भवन निर्माणको प्रक्रिया शुरु गरेको छ ।सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले २०८० चैत २५ गते भवन निर्माणको ठेक्का खुलाएको छ । एक महिनाको समय राखेर भवन निर्माणका लागि ठेक्का आवहान गरेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका कार्यालय प्रमुख झपट बहादुर थापाले बताउनुभयो ।

    नवलपुरको नमूना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा रु. ५० करोडको काम गर्न लागिएको उहाँले बताउनुभयो । रु. ५० करोड बजेट सुनिश्चित भएसँगै पहिलो चरणमा तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि पाँच वटा कार्यालयका लागि भवन निर्माणको काम अघि बढेको कार्यालय प्रमुख थापाले बताउनुभयो । पहिलो चरणमा बन्ने भवन मध्य जिल्ला प्रशासन कार्यालयको अलग भवन बन्ने छ । बाँकी सेवाको एकरूपता हुने खालका कार्यालय रहने गरि दुई भवनमा चारवटा खण्ड हुने छन् ।

    जसमा चारवटा कार्यालय रहनेछन् ।काम अघि बढ्न सकेको थिएन, पहिलो चरणमा केही कार्यालय रहने गरि भवन निर्माणको प्रक्रिया अघि बढेको छ, तीन आर्थिक वर्षमा पहिलो चरणको काम सक्ने लक्ष्य छ’ कार्यालय प्रमुख थापाले भन्नुभयो ।स्रोत : नमुना पोष्टबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट