आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एमाले तनहुँले आगामी बैसाख ७ र ८ गते दशााै : जिल्ला अधिवेशन गर्ने


  • समाचार कुञ्ज
  • २०८० फागुन १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • १० पाठक संख्या
  • नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी तनहुँकाे पूर्ण बैठक जिल्ला पार्टी कार्यालय दमाैलीमा सम्पन्न भएको छ । बैठकले आगामी २०८१ साल बैसाख ७ र ८ गते दशाैं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

    जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न बैठककाे प्रमुख अतिथि नेकपा एमाले पाेल्युटव्युराे सदस्य एवं गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा रहेका थिए । बैठकलाई सम्बाेधन गर्दै शर्माले नेकपा एमालेबाट टाढिएर गएकाहरू दिनप्रतिदिन पार्टीमा फर्किनुले कम्युनिस्ट आन्दोलनकाे एकमात्र शक्ति नेकपा एमाले प्रमाणित भएको बताए । साे अवसरमा उनले समाजवादी नामकाे एउटा सानाे झुन्ड बांकी रहेको र त्याे पनि अब सक्किने दाबी गरे । 

    कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य माननीय भगवती न्याैपाने, केन्द्रीय सदस्य सबिता रसाइली, केन्द्रीय सल्लाहकारहरू एक बहादुर राना, नरेन्द्र वाग्ले लगायतले मन्तव्य राखेका थिए ।

    यसैबीच आजकाे बैठकले तनहुँ जिल्ला कमिटी सदस्य थप गर्ने निर्णय गरेको छ ! गत साउन ५ गते तत्कालीन नेकपा एस तनहुँका अध्यक्ष श्रीराम कार्कीकाे नेतृत्वमा आएका अन्यलाई विभिन्न पार्टी कमिटीमा जिम्मा दिएता पनि जिम्मेवारी दिन बाकी रहेका दिपक खाती, हरि कार्की, भरत केसिलाई नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्यको जिम्मेवारी दिएको छ । साथै शिवओम मल्ल, बिष्णु माया ढकाल, नारायण कुमार श्रेष्ठ, बाबुराम कार्की, सोमनाथ लम्साललाई जिल्ला कमिटी सदस्यमा मनाेनित गरिएको सचिव राजेश्वर ढकालले जानकारी दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट