आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एमाले नवलपुरको अधिवेशन शुरु, भोलि निर्वाचन प्रक्रियामा जाने


  • समाचार कुञ्ज
  • २०८० चैत्र २६, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • नवलपुर । नेकपा एमाले नवलपुरको नवौं अधिवेशन आजबाट कावासोतीमा शुरु भएको छ ।

    अधिवेशनको नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका छन् ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उद्घाटन कार्यक्रममा आउने भनिए पनि अध्यक्ष ओली भने कार्यक्रममा आएनन ।

    नेकपा एमालेका उपमहासचिव गुरुङले जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्दा सहमतिको प्रक्रियाबाट नेतृत्व चयन गर्न सुझाव पनि दिए । उनले भने – सहमतिबाट नेतृत्व चयन गर्नुहोला । राम्रो सन्देश पनि जानेछ ।

    आज र भोलिसम्म चल्ने अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव सहित १ सय ५ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।

    अध्यक्षमा संधिवान सभा सदस्य जीवन श्रेष्ठ र तत्कालिन अध्यक्ष मुक्तिराम पाण्डेबीच कुनै एकको पक्षमा सहमति जुटाउन प्रयास भईरहेको छ ।

    उद्घाटन शत्र सकिएपछि आजै बन्द सत्र शुरु हुने छ । आज सहमतिका लागि थप प्रयास हुने जनाइएको छ । नेतृत्व तह सबै सहमतिबाटै नेतृत्व चयन गर्नु पर्ने पक्षमा भए पनि सहमति जुट्न नसके भोलि निर्वाचन प्रक्रियामा जाने बताइएको छ ।

    कार्यक्रममा पार्टी सचिव गोकर्ण विष्ट, पोलिटव्युरो सदस्य एवम् नवलपुर इन्चार्ज मना केसी जिस लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    आजै राति बन्द शत्र हुने जनाइएको छ ।

    उद्घाटन कार्यक्रममा बोल्दै नेता पृथ्वीशुब्बा गुरुङले नेकपा एमाले भुत्ते पार्टी भएको भन्दै पार्टी नेतृत्वको आलोचना गरे । उनले नेकपा एमालेलाई सबै कार्यकर्ता भएर एक हुनु पर्नेमा जोड दिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट