आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

नेकपा एमाले भानु नगर कमिटीको अध्यक्षमा शंकर रानाभाट बिजयी


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ ३२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • नेकपा एमाले भानु नगर कमिटीको अध्यक्षमा शंकर रानाभाट बिजयी भएका छन् । नगर कमिटीको दोस्रो अधिवेशन अन्तर्गत बिहिवार साँझ भएको निर्वाचनमा रानाभाट १२५ मत ल्याई बिजयी भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार हरिबहादुर पान्डेले ८९ मत प्राप्त गरेका थिए ।

    त्यसैगरि उपाध्यक्षमा रमानाथ बजगाईले १०८ मत पाई बिजयी भए । उपाध्यक्षका अर्का उम्मेदवार मीन गुरुङले १०२ मत पाएका थिए । त्यसैगरि  सचिवमा रामकृष्ण देवकोटाले १४१ मत पाई बिजयी भए भने सुरेन्द्र बोहराले ५९ मत पाएका थिए । त्यस्तै खुल्ला उपसचिवमा कल्याणविक्रम अधिकारीले १३८ मत पाई बिजयी भए भने सागर अधिकारी क्षेत्रीले ७० मत पाएका थिए। निर्वाचनमा बिजयीहुनेहरु सबै रानाभाटको प्यानलका उम्मेदवार थिए । महिला उपसचिवमा भने पार्वती न्यौपाने सर्वसम्मत भएकी थिईन् ।

    अधिवेशनको नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा पुर्वमन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट