आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा गठबन्धन बनेको ईश्वर पोखरेलकाे खुलासा


  • समाचार कुञ्ज
  • २०८१ श्रावण ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • कतार । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको सरकार बनेको बताएका छन् ।कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् ।
     

    पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस(एमाले सरकार बनेको दाबी गरे । २० सिटेलाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्तहरूले नयाँ सरकार गठन गरेको उनले बताए ।

    सम्बोधनकै क्रममा उनले प्रचण्डले चुलबुल गर्दा हुँदाखाँदाको सरकार ढलेको टिप्पणीसमेत गरे । उनकै वेइमानका कारण सरकार ढलेको आरोप लगाए । ‘भन्न वाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी वाम सरकार गिरेको हो रु’ उनले प्रश्न गरे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट