आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाल पत्रकार महासंघ तनहुँको अध्यक्षमा धनपति (डिपी) अधिकारी निर्वाचित


  • समाचार कुञ्ज
  • २०८१ मंसिर २८, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • नेपाल पत्रकार महासंघ तनहुँ शाखाको अध्यक्षमा धनपति (डिपी) अधिकारी निर्वाचित भएका छन् । प्रेस चौतारी नेपाल र प्रेस युनियनका साझा उम्मेदवार डिपि अधिकारीले ३३ मत प्राप्त गरि विजयी भएका हुन् भने अध्यक्षका प्रत्यासी नारायण खड्काले ११ मत प्राप्त गरेका छन् ।
    त्यसैगरि उपाध्यक्षमा प्रताप राना, सम्झना रसाईली विजयी वनेका छन् भने सचिवमा कृष्ण न्यौपाने, सहसचिवमा ऋषिकान्त दुवाडी र किरण श्रेष्ठ, कोषाध्यक्षमा पुर्ण विक निर्वाचित भएका छन् ।
    सदस्यहरुमा सुनिता आचार्य, राजेश्वर हड्खले, विष्णु गौतम, विकास खनाल, उपेन्द्र खनाल, मुना कालिराज विक, चित्र वहादुर गुरुङ, रामशरण नेपाल निर्वाचित भएका छन् । यसैगरि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश परिषद सदस्यमा शंकरराज नहकी, मिला दरै र सुनिता थापा निर्वाचित भएका छन् ।
    यसैगरि महासंघको केन्द्रिय परिषद सदस्यमा प्रदिप काफले र राजकुमार श्रेष्ठ (बिबि) सर्वसम्मत चयन भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट