आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेकपा एमाले घिरिङ ३ – वडा कमिटिको अध्यक्षमा चुन नारायण श्रेष्ठ 


  • समाचार कुञ्ज
  • २०८१ पौष ८, सोमबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • तनहुँ  । नेकपा एमाले घिरिङ गाउँपालिका वडा नं ३ को वडा भेला तथा दोस्रो वडा अधिवेशन सोमबाार सम्पन्न भएको छ ।

    सोमबार भएको अधिवेशनले चुन नारायण श्रेष्ठ अध्यक्षतामा २७ वडा कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा मनिराज थापा , सचिवमा देविकला थापा, उपसचिवमा मिलन विक ,चनद्रकला थापा लगायत २७ जना सदस्य रहने गरि वडा कमिटी गठन गरिएको नेकपा एमाले घिरिङ गाउँ कमिटि अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    गठन कार्यक्रमममा नेकपा एमाले गण्डकी प्रदेश सदस्य होम बहादुर थापा , नेकपा एमाले जिल्ला  उपाध्यक्ष राजेश्वर ढकाल , जिल्ला सचिवालय सदस्य इन्द् बहादुर थापा, जिल्ला सदस्य रन बहादुर रान ,जिल्ला सदस्य रण बहादुर गुरूङ ,वडा नम्बर तिनका अध्यक्ष तहल सि थापा,घिरिङ गाउँ कमिटिका अध्यक्ष सुमन श्रेष्ठ  , वडा कमिटि सदस्यहरू , पाटिका विभन्न तहका नेता संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू लगाएतको सहभागिता रहेको थियो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट