आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

रजहरका बसन्त भुजेल YCL केन्द्रीय सदस्यमा निर्वाचित


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ २४, शनिबार मा प्रकाशित ८ महिना अघि
  • ८ पाठक संख्या
  • काठमाडौं, जेठ २५ — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (YCL, Nepal) को काठमाडौंमा हालै सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट नवलपुरका तुल बाहादुर भुजेल (बसन्त )  केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। भुजेललाई विशेष प्रदेश गण्डकी विशेष जिल्लाबाट  सर्बसम्मत गरिएको हो ! 

    नवनिर्वाचित केन्द्रीय सदस्य भुजेलले हामीसँग कुरा गर्दै भने, “यो जिम्मेवारी मेरो लागि गौरवको विषय हो। युवाको आवाज बुलन्द बनाउँदै समाज परिवर्तनको अभियानमा अग्रसर हुनेछु। संगठनलाई थप सुदृढ र गतिशील बनाउने कार्यमा क्रियाशील रहने छु।”

    भुजेलले लामो समयदेखि पार्टी र युवासंगठनमा विभिन्न तहमा रहेर सक्रिय भूमिका निभाउँदै आएका छन्। नवलपुरबाट प्रतिनिधित्व गर्दै उनले YCL को नेतृत्व तहमा पुगेको यो पहिलो पटक हो।

    उक्त सम्मेलनले नयाँ नेतृत्व चयनसँगै संगठनको भावी रणनीति र कार्यदिशालाई स्पष्ट बनाएको छ। संगठनको केन्द्रिय अध्यक्षमा पुस्प ओली तथा महासचिवमा गणेश शाही ( बिद्रोही) सर्बसम्मत चयन भएका छन !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट