आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाली कांग्रेसका नेता रमेश अधिकारी रा.स्व.पा प्रवेश


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २७, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • १० पाठक संख्या
  • तिर्थराज काफ्ले कावासोती — राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) कावासोती नगरको तेस्रो स्थापना दिवस सोमबार नगर सभापति मोहन बस्नेतको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्रीय लेखा परिक्षण विभाग प्रमुख गोकुल सापकोटाले प्रमुख अतिथिको भूमिका निर्वाह गरेका थिए।

    विशेष अतिथिहरूमा केन्द्रीय स्वास्थ्य विभाग उपप्रमुख पुष्पमणि खरेल, नवलपुर जिल्ला सभापति नरिश्वर लामिछाने र गण्डकी प्रदेश सदस्य तिलक चन सापकोटा काे उपस्थित रहेकाे थियाे ।

    कार्यक्रमकै क्रममा नवलपुरको नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र नं. २ ‘क’ का सचिव रमेश अधिकारीले औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। पार्टीमा प्रवेशपछि अधिकारीले आगामी दिनमा संगठन सुदृढीकरण र जनसेवामा सक्रिय रहने प्रतिबद्धता जनाउनु भएकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट