आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मध्यबिन्दु नगरपालिकाका कांग्रेस सभापति दोमन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश


  • समाचार कुञ्ज
  • २०८२ भाद्र ६, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • ९ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासाेती — मध्यबिन्दु नगरपालिकाका नेपाली कांग्रेसका बहालवाला नगर सभापति श्री दोमन भण्डारी आज औपचारिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ।

    उहाँको प्रवेशलाई रास्वपा गण्डकी प्रदेशका सभापति राजन गौतमले स्वागत गर्दै भन्नुभयो, “स्वच्छ राजनीति, इमानदार नेतृत्व र जिम्मेवार पार्टी निर्माण गर्ने हाम्रो अभियानमा भण्डारीज्यूको अनुभव, जनसम्पर्क र ऊर्जा अमूल्य हुनेछ भन्ने विश्वास लिएको छु।”

    रास्वपाले भण्डारीलाई पार्टीमा स्वागत गर्दै उहाँको आगमनले संगठन थप सबल हुने बताएको छ। साथै पार्टीले अब सबै मिलेर देशलाई नयाँ राजनीतिक विकल्प दिन प्रतिबद्धता व्यक्त गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट