आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

प्रतिनिधिसभा क्षेत्र नं. २ का लागि केदार सिग्देल, किरण गुरुङसहित ११ जना सिफारिस


  • समाचार कुञ्ज
  • २०८२ पौष १९, शनिबार मा प्रकाशित १ महिना अघि
  • १० पाठक संख्या
  • तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा क्षेत्र नं. २, तनहुँले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ।
    निर्वाचन समन्वय कमिटीका अध्यक्ष राजेश्वर ढकालको अध्यक्षतामा बसेको बैठकले केदार सिग्देल, किरण गुरुङसहित ११ जनाको नाम सम्बन्धित कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।
    बैठकमा आकांक्षीको नाम संकलन गर्दा केदार सिग्देल, किरण गुरुङ, नारायण खनाल, हरिराज कडेल, राजेश्वर ढकाल, रत्नादेवी, बाबुराम सुनार, चन्द्रकला पौडेल, विष्णु अधिकारी पराजुली, रामचन्द्र उपाध्याय र नरेन्द्र वाग्ले रहेका छन्। बैठकले सबै आकांक्षीलाई सिफारिस गरिएको जानकारी दिएको छ।
    पार्टीको निर्णय अनुसार सिफारिस भएका नामहरू आगामी प्रक्रियाका लागि माथिल्लो कमिटीमा पठाइएको बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट