आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

चितवन-३ मा रेणु, सोबिता र विक्रमबीच रोचक भिडन्त हुने


  • समाचार कुञ्ज
  • २०८२ माघ ४, आईतबार मा प्रकाशित १ महिना अघि
  • ८ पाठक संख्या
  • काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा चितवन -३ मा रोचक प्रतिष्पर्धा हुने भएको छ ।यस पटक चितवन-३ मा नेकपाबाट रेणु दाहाल, रास्वपाबाट सोबिता गौतम र राप्रपाबाट बिक्रम पाण्डे उम्मेदवार बन्दैछन् ।रास्वपाले सोबितालाई चितवन-३ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ । सोबिता अघिल्लो निर्वाचनमा काठमाडौँ-२ बाट विजयी भएकी थिइन् । काठमाडौँ- २ बालेन शाहले आफु या आफ्नो पक्षका लागि लिएको बुझिएको छ । त्यस्तै नेकपाबाट भरतपुर महानगरकी प्रमुख रहेकी रेणु दाहाल राजीनामा गरेर चुनावी मैदानमा उत्रिने भएकी छन् ।

    गत निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका नेता विक्रम पाण्डेले ९ हजार २३६ मत अन्तरले विजयी भएका थिए । 

    त्यस्तै यस क्षेत्रमा काँग्रेसले अझै उम्मेदवार टुंगाएको छैन । गत निर्वाचनमा काँग्रेस र माओवादीको गठबन्धनका बीच पनि काँग्रेस नेता दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिदै १२ हजार २७५ मत प्राप्त गरेर चौथो स्थान हासिल गरेका थिए । त्यस्तै गत निर्वाचनमा यस क्षेत्रमा रास्वपाबाट जीता बरालले १४ हजार ८४३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट