आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

एमाले जनताका हरेक प्रश्नको जवाफ दिन तयार छ – उपमहासचिव योगेश भटटराई


  • समाचार कुञ्ज
  • २०८२ माघ १८, आईतबार मा प्रकाशित ४ हफ्ता अघि
  • ७ पाठक संख्या
  • कावासोती
    एमाले उपमहासचिव योगेश भटटराईले आसन्न निर्वाचनमा नेकपा एमालेलाई मतदान गरी विजयी गराउन आग्रह गर्नु भएको छ ।  सरकार गरव र पछिडीएका वर्गको लागी आवश्यक रहने भएको हुदा सर्वहाराको पक्षमा नेकपा एमालेले निति निर्माण र योजना वनाउने भएकोले फागुन २१ गते हुने निर्वाचनमा एमालेका उमेद्वारहरुलाई विजयी गराउन आग्रह गर्नु भएको हो 
    आइतबार नवलपुरको दलदलेमा आयोजित नेकपा एमाले क्षेत्र नं. १ को निर्वाचन परिचालन समितिको विस्तारीत बैठकलाइृ सम्वोधन गर्दै एमाले उप महा सचिव समेत रहनु भएका भट्टराईले हाम्रा बारेमा थुप्रै प्रश्न उठेका छन् । ती सबै प्रश्नको जवाफ दिन एमाले तयार छ र रहने बताउदै जनताको प्रश्नबाट एमाले नभाग्ने वताउदै आम एमाले नेताले जनताले गरेका सबै प्रश्नको जवाफ दिन पर्ने बेला भएको बताएका छन् ।
     उहाँले हरेक परिवर्तित समय अनुसार जनताहरुको फरक फरक प्रश्नहरु आउने भएकोले एमाले हरेक समय जनताको प्रश्नको जवाफ दिन तयार रहेको र जनताका प्रश्नबाट नभाग्ने बताउनुभयो ।
    उहाँले आफु र पार्टि अध्यक्ष के पि. शर्मा ओली बिच द्वान्द देखाउन भ्रमाक प्रचार गर्नेहरु प्रति लक्षित गर्दै भन्नुभयो पाटीको आन्तिरीक मामिलामा पाटीका नेताहरुको आफ्नो पनी विमती रहने बताउदै त्यस्ता विषयलाई पार्टिमै छलफलबाट निराकरण गरीने भएको बताउदै निर्वाचनको समयमा पाटिका आन्तरीक विषयलाइृ थाती राखेर सिङ्गो नेकपा एमाले एकढिक्का भएर प्रतिपक्षहरुको सामना गर्ने बताउनु भयो । 
    एमालेविरुद्ध छरिएका भ्रम चिरेर राजनीति अघि बढाउनुपर्ने बेला आएको उहाँले बताए । एमालेले नवलपुर–१ मा नेकपा एमालेको जनसंगठन नेपाल उद्योगी व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष भागिरथ सापकोटालाई उम्मेदवार बनाएको छ ।
    बिस्तारीत बैठकमा नेकपा एमाले केन्द्रिय सदस्य रविन्द्र अधिकारी, नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य पद्मा जि.सि. श्रेष्ठ, पार्टि जिल्ला सचिव भिमलाल कण्डेल , युवा संघका केन्द्रिय निर्वाचन समितिका अध्यक्ष मदन गिरी लगायतले मन्तव्य राख्नुभएको थियो ।
    बैठकले निर्वाचन लक्षित विभिन्न समिति गठन तथा योजना निर्माण गरेको नेकपा एमाले निर्वाचन परिचाल समिति क्षेत्र नं. १ का संयोजक दिपक लम्सालले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट