आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तिलक महत जिताउने लक्ष्यसहित कावासोतीमा वडा–वडामा युवा परिचालन समिति गठन


  • समाचार कुञ्ज
  • २०८२ माघ २४, शनिबार मा प्रकाशित ३ हफ्ता अघि
  • १४ पाठक संख्या
  • नवलपुर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले नवलपुरले आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। नवलपुर निर्वाचन क्षेत्र नं। २ का एमाले उमेदवार तिलक महतलाई विजयी गराउने उद्देश्यसहित कावासोती नगरपालिकाका वडा–वडामा युवा परिचालन समिति गठन गरिएको छ।

    राष्ट्रिय युवा संघ नेपालको संयोजनमा नवलपुर क्षेत्र नं। २ अन्तर्गत पर्ने कावासोती नगरपालिकाका ६ वटा वडामा वडा स्तरीय युवा परिचालन समिति गठन गरिएको हो। समितिहरूले घरदैलो अभियान, मतदाता भेटघाट, सामाजिक सञ्जाल प्रचार तथा युवामैत्री कार्यक्रममार्फत चुनावी माहोल थप सशक्त बनाउने जनाइएको छ।

    कार्यक्रममा सहभागि युवाहरूले नवलपुर क्षेत्र नं। २ मा विकासको प्रतिक, सर्वप्रिय तथा इमान्दार नेताका रूपमा तिलक महत चुनावी मैदानमा रहेकाले उनको जित सुनिश्चित रहेको प्रतिक्रिया दिएका थिए। उनीहरूले विगतमा विकास र जनसेवामा देखाएको सक्रियताका कारण तिलक महत जनताको विश्वासको पात्र बनेको बताएका छन्।

    युवाहरूले “नवलपुर–२ मा इमान्दार, विकासप्रेमी र सबै वर्ग तथा समुदायको प्रतिनिधित्व गर्न सक्ने उमेदवार तिलक महत नै हुन्,” भन्दै सूर्य चिन्हमा मतदान गरी उनलाई भारी मतका साथ विजयी गराउनु सम्पूर्ण युवाको साझा दायित्व भएको उल्लेख गरेका छन्।

    एमालेले युवालाई केन्द्रमा राखेर अघि बढाएको यो अभियानले नवलपुर–२ मा चुनावी माहोल थप उत्साहजनक बन्दै गएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ। युवा परिचालन समितिले निर्वाचनसम्म निरन्तर रूपमा संगठित र सक्रिय भूमिका खेल्ने जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट