आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नयाँ योजना, अधुरा सपना पूरा’—तिलक महतको प्रतिबद्धता नवलपुरलाई नमुना जिल्ला बनाउने अभियानमा महत


  • समाचार कुञ्ज
  • २०८२ फागुन १, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • ३० पाठक संख्या
  • नवलपुर । तिलक महत आफैंंमा नवलपुरका लागि एक चिरपरिचित नाम हो । एमाले केन्द्रीय सदस्यसमेत रहुभएका नेता महत जिल्लको विकासको पर्यावाचीभन्दा फरक नपर्ला । नवलपुरका दुईवटा संघीय निर्वाचन क्षेत्रमध्ये विस २०७४ को निर्वाचनमा नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका नेता दुवै क्षेत्रका आम मतदाताका सुख दुःखका साथी बन्नुभयो भन्नेमा दुई मत छैन । जिल्लामा आम जनताले सहज भेट्ने नेता भनेकै महत बन्नुभए।
    महतको पहिलो कार्यकाल नवलपुरका लागि स्वर्णिम रह्यो भन्दा फरक नपर्ला । भरखर भरखर नयाँ जिल्लाको रुपमा बामे सर्न लागेको नवलपुरलाई विकास, पूर्वाधार र प्रशासकीय रुपमा दरिलो बनाउने काममा महतको भूमिका अतुलनीय रहेको छ । महतले खेलेको भूमिका र देखेका सपना साकार हुँदै गरेको नमूना नवलपुरको चर्चा गरौंला तर केही हरफ यतिबेला उहाँको व्यक्तिगत पृष्ठभूमितर्फ ।
    वि।सं। २०२४ जेठ १२ गते गुल्मी जिल्लाको मुसीकोट नगरपालिका वडा नं। २ मा बुबा डिल बहादुर महत क्षेत्री र आमा नन्दकली महत क्षेत्रीको कोखबाट तिलक महतको जन्म भएको हो । कक्षा १० सम्मको अध्ययन भानु माध्यामिक विद्यालय गुल्मीबाट पूरा गरी २०४२ सालमा बसाइँ सरेर नवलपुरको कावासोती आए र स्नातक सम्मको अध्ययन कुमारवर्ती बहुमुखी क्यापस कावासोती बाट पुरा गरे । सानै बाट शान्त स्वभाव, सहयोगी भावना भएका , हसिलो अनुहार भएका नेता महत सधैं विकासको हुटहुटी बोकेर, जनताका सपना बोकेर कुदिरहने स्वभावका छन् ।
    वि।स। २०४० सालमा पहिलो पटक कक्षा १० मा अध्ययन गर्दे गर्दा अनेरास्ववियुको प्रारम्भिक कमिटिकको सदस्य भइ गुल्मि बाट नै विद्यार्थी राजनीति सुरु गरे , नवलपुरमा बसाइ सराइ गरि आए पश्चात वि।स। २०४५ सालमा कुमारवर्ती बहुमुखी क्याम्पसमा अनेरास्ववियुको सचिव बने , वि।स २०४७ सालमा सहायक प्रारम्भिक कमिटी हँुदै क्याम्पस प्रारम्भिक क्याम्पस कमिटीको अध्यक्ष भए ।
    वि।सं। २०४९ देखि २०५३ सम्म अनेरास्ववियु नवलपरासी जिल्ला कमिटीको २ कार्यकाल अध्यक्ष र केन्द्रिय कमिटी सदस्य भए । वि।सं। २०५४ सालमा पार्टी विभाजित भएर नेकपा ९माले० नेकपा ९एमाले० बन्यो त्यस समयमा उनी नेकपा९एमाले०मा नै रहेर राजनीति गरे र पार्टीको जिल्ला कमिटी सदस्य भए । जिल्ला कमिटी सदस्य भएसँगै उनी ८ वर्षसम्म पार्टीको कार्यालय सचिव भएर काम गरे । वि।स। २०६६ देखि २०७० सालसम्म दुई पटक नेकपा ९एमाले० को जिल्ला कमिटी नवलपरासीको अध्यक्ष भए । वि।सं। २०७० सालमा काठमाडौँमा भएको नेकपा ९एमाले०को ९ औँ राष्ट्रिय महाधिवेशन बाट लुम्बिनी अञ्चल भूगोल तर्फबाट केन्द्रीय कमिटी सदस्य भए ।
    वि।सं। २०७४ सालमा नेकपा ९एमाले० र नेकपा९माओवादी केन्द० बिच एकता भएर बेनेको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केन्द्रीय कमिटीको सदस्य बने भने वि।सं। २०७८ सालमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को फुटसँगै पुनः माओवादी र एमाले छुट्टाछुट्टै पार्टी बन्यो यससँगै चितवनमा सम्पन्न नेकपा ९एमाले०को १० औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य तथा नवलपुर जिल्लाको इन्चार्ज भए । ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाच भए ।

    २०७४को निर्वाचनमा नवलपुर क्षेत्र नम्बर दुईबाट निर्वाचित नेता महतले गरेका असंख्य कामहरु नवलपुरमा देखिन्छन् । कतिपय पूरा भए होलान्, कतिपय पूरा हुने क्रममा रहेका छन् । जिल्लाकै सबैभन्दा ठूलो योजना र गौरवको आयोजना मानिने नमूना सदरमुकाम निर्माणमा महतले कति जोर जुक्ता फटाले र कति दौडधुपमा लागे हिसाब नगण्य रहेको छ । नेपाल सरकारको नाममा १८७ विघा जग्गा ल्याउनेदेखि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ल्याएर शिलान्यास गराउने काम उनले गरे । नमूना सदरमुकाम निर्माणको काम ले अहिले गति लिँदै छ । केही वर्षमा जनताले सबै सेवा एकै ठाउँबाट पाउने छन् । साँच्चै यहाँका जनताका लागि भोलि यो योजना निक्कै लाभदायी बन्नेमा दुईमत छैन । नवलपुरको कावासोती ३ मा यो योजना संचालनमा रहेको छ । यसले भोलीमा दिनमा जनतालाई सेवा लिन सहज त गराउँछनै सम्रग कावासोती –३ सहितका वरपर यसको विकास सकारात्मक प्रभाव पर्दै जानेमा दुई मत छैन ।
    नेकपा एमालेको सरकार केन्द्र र प्रदेशमा रहँदा तिलक महतले अर्को काम सुरु गराए त्यो हो, त्रिवेणीको भन्सारलाई मूल भन्सार कायम गर्नु । भलै अहिले यसले खास अर्थ नराख्ला तर यसको पूर्ण सञ्चालन हुँदै जाँदा यसबाट त्रिवेणी मात्रै हैन, नवलपुर मात्रै हैन ,गण्डकी प्रदेश मात्रै हैन समग्र देशको अर्थतन्त्र विकासमा सहयोग पुग्नेछ ।

    हुप्सेकोटमा रहेको देशकै ठुलो धौवादी फलाम खानीको काम एमालेको सरकार रहँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उत्खननको काम अघिबढाउने निर्णय गरे । यसको उत्खननका लागि मतहले समेत केन्द्रमा पहल गरिरहे । अहिले धौवादी खानीबाट फलाम उत्पादन गर्न सकिने पुष्टि भएको छ । यसको उत्खनन शुरु हुँदा जिल्लाका हजारौ जनशक्तिले रोजगार प्राप्त गर्नेछन् । जसले समग्र यहाँका जनताको आर्थिक स्तर विकासमा टेवा पु¥याउनेछ ।
    एमाले नेतृत्वको सरकारहुँदा नै नारायणगढ–बुटवल खण्ड ११४ किलो मिटर विस्तारको काम अघिबढेको हो । यो आयोजना पूरा हुँदा यात्राको सहजता मात्रै हुनेछैन साँघुरो राजमार्गका कारण हुने गरेका दुर्घटनामा कमी आउनेछ । यसले धेरैले अकालमा ज्यान गुमाउनुपर्ने छैन । ठुला शहर नारायणगढ र बुटवलको दूरी छोटिनेछ । जिल्लाको समग्र विकासमा टेवा पुग्नेछ । कालीगण्डकी करिडोरको नवलपुर खण्ड ८६ किलो मिटर अलपत्र परेजस्तै भएको बेला एमालेको नेतृत्व सरकारले नै थप काम अघिबढाएर अहिले पहाडी बासिन्दाका लागि वरदान सावित भएको छ । पहाडको विकासको आधार कालिगण्डकी करिडोर बन्दै गएको छ ।
    यी सबै काममा तिलक महतले समेत भूमिका निर्वाह गर्नुभएको छ । जिल्लामै सवारी लाइसेन्स वितरण गर्ने प्रावधानसमेत महतकै पहलमा भएको हो । गण्डकी प्रदेशमा एमालेको सरकार हुँदा महतको पहलमा यहाँ लाइसेन्स बनाउने काम शुरु भयो । यसले जिल्लाका आम सवारी चालकलाई सुविधा त भएकै छ देशका विभिन्न जिल्लाबाट समेत सवारी लाइसेन्सका लागि यहाँ आउने गरेका छन् । यसले यहाँको आर्थिक विकासमा समेत सहयोग पुगेको छ ।
    त्रिवेणी –दुम्किबास सडक निर्माणमा तिलक महतको भूमिका झनै ठूलो रहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हुँदा उहाँलाई स्थलगत अवलोकन गराई युनेस्कोसम्म यसमा रहेका व्यवधान खुलाउन महतले समन्वय गरे । यो सडक निर्माण त भएको छैन तर यो खण्ड निर्माणको प्रक्रिया आशा गर्रौ चाँडै अघि बढ्ने छ । यसले सहज रुपमा त्रिवेणी क्षेत्रका बासिन्दालाई राजमार्गसँग जोड्नेछ । पालिकासँग जोड्नेछ । साथै प्रदेशलाई भारतीय नाकासँग जोडी व्यापार व्यवसाय प्रर्वद्धनमा जोड दिनेछ ।
    त्रिवेणी धार्मिक स्थल वाल्मीकि आश्रमसम्म जाने झोलुङ्गे पुल निर्माणसँगै दर्जनौँ झोलुङ्गे र पक्की पुल निर्माण भएका छन्, मध्यविन्दु जिल्ला अस्पताको निर्माण र प्रत्येक पालिकामा पालिका स्तरीय अस्पताल निर्माण र कति पय स्थानमा संचालनमा समेत आएका छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा हरेक पालिकामा अस्पतालको नीति अनुसार अहिले पालिका पालिकामा सहज रुपमा स्वास्थ्य सेवा पहुँच विस्तार भएको छ ।
    शिक्षाअन्र्तगत नवलपुरका अधिकांश विद्यालयहरु हाल नमुना विद्यलायको रुपमा अघिबढिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्र्तगत जिल्लाको बौँदिकाली गाउँपालिकामा हाल सुन्तला जोन कार्यक्रम सञ्चालनमा छ जसअन्र्तगत सुन्तला जातका सुन्तला कागती, निबुवा लगाएतका फलफलहरुको उत्पादन भइरहेको छ । नवलपुरका अधिकांश क्षेत्रमा सिँचाइका लागि डिप बोरिङ्गमार्पmत भूमिगत सिँचाइको व्यवस्था मिलाइएको छ ।
    दक्षिणदेखि उत्तरसम्म जोड्ने दुम्किबास, सर्दी धुर्कोट पाल्पा सडक, अरुणखोला दमाह, मित्याल रामपुर पाल्पा सडक, चोरमारा झ्यालबास रुचाङ, डेढगाउँ, भिमाद खैरेनी पोखरा सडक विभिन्न खण्डमा पुरा भएको छ , केही स्थानमा निर्माण कार्य भइरहेको छ ।
    जिल्लाको विद्युतीकरण नभएका सम्पूर्ण स्थानहरुमो विद्युत् विस्तार भएको छ । पालिका स्तरमा खेलकुदका मैदानहरु निर्माण भएका छन्, पर्यटन प्रर्वधनका लागि अमलटारी होमस्टेको व्यवस्थापन र प्रवद्र्धन, त्रिवेणी, लोसेधारा, दाउन्नेदेवी बौँदिकालीमा काम भएको छ । प्रदेश स्तरका सरकारी कार्यलायहरू स्थापना भएका छन् ।
    आन्तरिक राजस्व कार्यालयको स्थापना भएको छ । नारायणी नदी तथा ठाडा खोलाहरुमा तटबन्धनको काम भएको छ । एमालेकै सरकार हुँदा भुमिहिन सुकुम्बासीहरुलाइ लालपुर्जा वितरणका लागी नवलपुरका कतिपय पालिकामा समेत नापजाँचको काम सकिएको छ । केही पालिकामा पुर्जा वितरण समेत सुरु भएको छ ।
    यसरी तिलक महतका पालामा असंख्य कामहरु नवलपुरमा भएका छन् । केही अझै बाँकी रहेका छन् । यसकारण पनि अब फेरी तिलक महतले जित्न आवश्यक रहेको छ । नमुना सदरमुकाम निर्माण सम्पन्न गर्न, फलामखानीको व्यावसायिक उत्खनन सुरु गर्नका लागि, त्रिवेणी दुम्किबास सडक निर्माण गर्न, त्रिवेणी भन्सारलाई थप व्यवस्थित गराउने कामको अगुवाई गर्न , नवलपुरमा राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न, नवलपुरलाई कृषि,पर्यटन र औद्योगिकरणको हबका रुपमा विकास गर्न, नारायणी नदीमा डिपिआर गरी व्यवस्थित तटबन्धन गर्न, नवलपुर जिल्ला अस्पताललाई स्तरोन्नत्ति गरी प्रदेश स्तरीय मेडिकल कलेजको रुपमा विस्तार गर्न, कृषिलाई व्यावसायिक र रोजगारमूलक बनाउन र दुध, माछा, मासु, अण्डा तथा फलपूmलमा आत्मनिर्भर बन्न, पर्यटन प्रर्वधनका लागि थारु, मुसहर, माझी, बोटे, मगर र गुरुङ होमस्टेहरु प्रर्वधन गर्न, शालिग्राम पाइने एकमात्र कालिगण्डकी नदीको प्रचारप्रसार गरी पर्यटकीय जिल्ला बनाउन, औद्योगिक विकासका लागि कावासोतीको जंगलमा छुटाएको सय विगाह जग्गामा औद्योगिक ग्राम निर्माण गरि उद्योग सञ्चालन गर्न, बन्यजन्तु र मानवविचको द्वन्द्व व्यवस्थपन गर्न, भूमिहीन सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्न त्रिवेणीदेखि कोरला नाकासम्मको सडक निर्माण गर्न र नवलपुरमा पर्ने हुलाकी सडकको काम सुरु गर्न, नवलपुरको पहाडी क्षेत्रलाई राजमार्गसँग जोड्ने सडकको स्तरोन्नती गर्न, लगायतका कतिपय अधुरा काम पुरा गर्न आफ्नो महत्वकाक्षी योजना रहेको महतले बताउनुभयो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट