
समाचार कुञ्ज नेकपा एमालेकातर्फबाट तनहुँ–२ का प्रतिनिधी सभा सदस्य उम्मेदवार केदार सिग्देलले घरदैलो अभियानलाई जारी राखेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य चुनावमा मतदाताका समस्या, गुनासो र आफ्ना एजेण्डा लिएर उनी शुक्लागण्डकीका विभिन्न क्षेत्रमा पुगेका हुन् । पार्टीका केन्द्रिय सदस्य समेत रहेका सिग्देलले सोमवार वडा नंं १ को सेरावेशी, चण्डीमैदान, तल्लोपोखरी, रतनपुर वडा नं. २ को दगाम, भुजिकोट, राङदी र वडा नंं ७ को भोटेपानी, शान्तिनगर, मालेवगर लगायतका क्षेत्रमा पुगेका हुन् । सो अवसरमा स्थानीयले त्यस क्षेत्रमा पाएका समस्याबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस