आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

एमालेले विगत र वर्तमानमा खेलेका भुमिकालाई मुल्यांकन गरेर मत दिनुहोसः उम्मेदवार सिग्देल


  • समाचार कुञ्ज
  • २०८२ फागुन ६, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • १९ पाठक संख्या
  • दुलेगौंडा, ६ फागुन । नेकपा एमालेकातर्फबाट तनहुँ–२ का प्रतिनिधी सभा सदस्य उम्मेदवार केदार सिग्देलले लहैलहैमा र प्रलोभनमा पारेर मत लिने पक्षमा आफूहरु नभएको बताएका छन् । तनहुँको शुक्लागण्डकीका विभिन्न क्षेत्रमा घरदलो अभियानका क्रममा बुधवार उनले यस्तो बताएका हुन् । विगत र वर्तमानमा खेलेका भुमिकालाई मुल्यांकन गरेर मत दिन उनले आग्रह गरे । ‘गम्भिर भएर एक पटक सोच्नुहोस । घोषणापत्र र प्रतिवद्धता हेरेर मत दिनुहोस, लहैलहैमा लागेर होइन, उनले भने । पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता सिग्देलले राष्ट्रियताको विषयमा चट्टानी अडान राख्ने नेतृत्वनै अहिलेको देशको आवश्यकता भएको उल्लेख गरे ।
    सिग्देल बुधवार वडा नंं ३ को कालिम¥याङ, उदेनढुंगा, कवासे, वडा नं. ४ को दुलेगौंडा, वडा नं. ५ को बेलचौतारा, थर्पुटार, भुरुङ्गे, नयाँगाउँमा पुगि घरदैलो गर्नुका साथै कोणसभामा सहभागि भएका थिए । सो अवसरमा स्थानीयले त्यस क्षेत्रका समस्याबारे जानकारी गराएका थिए । पार्टीका केन्द्रिय सल्लाहर समिति सदस्य नरेन्द्र वाग्ले, गण्डकी प्रदेश सदस्य कमल ढकाल, जिल्ला उपाध्यक्ष राजेश्वर ढकाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट