आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नवलपुरको समग्र बिकासमा सदैव क्रियाशिल हुन्छः उम्मेदवार सापकोटा


  • समाचार कुञ्ज
  • २०८२ फागुन ७, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • ३३ पाठक संख्या
  • देवचुली ।

    नेकपा एमालेको तर्फबाट नवलपुर क्षेत्र नं. १ का उम्मेदवार भागिरथ सापकोटाले नवलपुरको समग्र बिकासका लागि आफु सदैव क्रियाशिल रहने प्रतिबद्धता जनाउनु भएको छ । बिहिबार देवचुली नगरपालिका–१७ मा घरदैलो गर्नु भएका सापकोटाले यस क्षेत्रको सर्वाङ्गिण बिकास आफ्नो प्राथमिकता हुने बताउनुभयो ।
    उहाँले संघिय संसदले नीति मात्रै निर्माण गर्ने हो भन्ने भाष्य निर्माण गरिएको भन्दै उहाँले संसदको भूमिका केवल कानुन बनाउनु मात्रै नभई आफुले प्रतिनिधित्व गर्ने क्षेत्रको समग्र बिकास गर्नुपनि हुने बताउनुभयो । सम्भावनाकाबीच पनि अपेक्षित बिकास नहुदा जनतामा छाएको नैरश्यतालाई चिर्दै यस क्षेत्रमा समान रोजगारीका अवसरहरु सृजना, निशुल्क शिक्षा र स्वास्थ्यको प्रत्याभूति, पूर्वाधारको बिकासमा आफुले काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    नेकपा एमाले दलित, उत्पीडित, भूमिहिन, गरिव समुदायको पक्षमा निरन्तर लड्दै आएको पार्टी भएको स्मरण गर्दै उहाँले सुर्य चुनाव चिन्हमा मतदान गरेर आफु र नेकपा एमालेलाई निर्वाचित गर्नका लागि अनुरोध गर्नु भएको थियो ।
    घरदैलो तथा भेटघाट कार्यक्रममा स्थानीय मतदाताहरुले विगतमा आफुहरुले राखेको अपेक्षाको सम्बोधन र कतिपय समस्याहरुको समाधान गर्न नसकेको विगत स्मरण गर्दै आगामी दिनमा आफुहरुले गरेको मतको सम्मान गर्न समेत सापकोटालाई आग्रह गरेका थिए । जवाफमा उहाँले यस क्षेत्रका नागरिकहरुको पक्षमा अब आफु निरन्तर क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    भ्रातृशोकका कारण आफ्नो चुनावी अभियान केही समय रोक्नु भएका सापकोटाले यसबीच देवचुली नगरपालिकामा मतदाता भेटघाट शुरु गर्नु भएको हो । उहाँको दाई तेजेन्द्र सापकोटाको मंगलबार निधन भएको थियो । उहाँ अहिले पारिवारिक शोकमा हुनुहुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट