
समाचार कुञ्ज नवलपुर–२ का उम्मेदवार तिलक महत यतिबेला घरदैलो कार्यक्रममार्फत मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ। आफ्ना योजना सार्वजनिक गर्नुका साथै मतदाताको राय–सुझाव संकलनमा सक्रिय रहनुभएको महतले घरदैलो अभियानबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाएको बताउनुभएको छ।
घरदैलोका क्रममा उहाँले कावासोती–१५ र १७ सहितका वडामा मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो। स्थानीयले उत्साहपूर्वक आफ्ना सुझाव राख्दै शुभकामना व्यक्त गरेका थिए।
उम्मेदवार महतले आफ्नो सम्भावित जित व्यक्तिगत सफलता मात्र नभई समग्र नवलपुर र सम्पूर्ण मतदाताको जित हुने उल्लेख गर्नुभयो। “जिल्लाको विकास भनेको पूर्वाधार निर्माणमा मात्र सीमित हुँदैन,” उहाँले भन्नुभयो, “आर्थिक, सामाजिक, पर्यटन, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको चौतर्फी विकासमा जनतासँगै रहेर काम गर्ने मेरो प्रतिबद्धता छ।”
उहाँले थप्नुभयो, “मेरो हरेक योजना जनताकै योजना हुन्। ढुक्क हुनुहोस्, नवलपुर हामी सबैले मिलेर बनाउने हो। तपाईँहरुकै साथ र सहभागितामा समृद्ध नवलपुर निर्माण गर्नेछौँ।”
घरदैलो कार्यक्रममा मतदाताले महतलाई इमान्दार, सबैसँग सहज रूपमा घुलमिल हुन सक्ने र दीर्घकालीन विकास योजना तयार गर्न सक्ने नेताका रूपमा आफूहरूले चिनेको बताएका थिए।
घरदैलो अभियानसँगै नवलपुर–२ मा चुनावी माहोल थप उत्साहजनक बन्दै गएको छ। थप हेडलाइन

प्रतिक्रिया दिनुहोस