
समाचार कुञ्ज नवलपुर–२ क्षेत्रको राजनीति यस पटक युवा र अनुभवबीचको प्रतिस्पर्धाको दृश्य बनेको छ। नवलपुर–२ मा यसपटक २६ वर्षिय जेनजी युवा आफुँलाई अनुभवी नेता सोच्ने विभिन्न राजनीतिक दलका नेतासँग चुनावी मैदानमा छन् । उनी हुन् २६ वर्षिय मनिष खनाल । उमेरले सानो तर पेसा र अनुभवले परिपक्क । अधिवक्ता र शिक्षक खनाल नयाँ आशाको रूपमा चुनावी मैदानमा उत्रिएका छन्।
को हुन् मनिष खनाल ?
नवलपुर–२ क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका मनिष खनाल गण्डकी प्रदेशका कान्छा उम्मेदवार हुन्। मनिष नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) का स्थायी नागरिक हुन् । २६ वर्षको उमेर भएपनि खनाल पेशा र अनुभवको हिसाबले परिपक्क छन्। उनी पेशाले अधिवक्ता र शिक्षक हुन्, जसले कानुन र नीति बुझ्न मात्र नभई व्यवहारमा लागू गर्न समेत सक्षम छन्।
मनिषले संघीय संसदका सांसद असीम शाहको सचिवालय प्रमुखको रूपमा कार्य गर्दै संसदीय कामकाज, विधेयक निर्माण र नीति निर्माण प्रक्रियामा प्रत्यक्ष अनुभव हासिल गरेका छन्। साथै, उनी युवा तथा खेलकुद मन्त्रालयमा नीति तथा कानुनी परामर्शदाता रहेर ‘राष्ट्रिय खेलकुद विकास ऐन’ संशोधन र ‘खेलकुद नीति’ समीक्षा प्रक्रियामा प्रत्यक्ष योगदान दिएका छन्। संघीय संसदका सांसद असीम शाहको सचिवालय प्रमुखको रूपमा कार्यरत रहँदा उनले संसदीय कामकाज, विधेयक ड्राफ्टिङ र नीति निर्माणका जटिल प्रक्रियालाई नजिकबाट भोगिसकेका छन्।
उनको शैक्षिक र राजनीतिक यात्रा पनि उल्लेखनीय छ। २०७२ मा सामुदायिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका मनिष २०७३ मा विवेकशील नेपाली दलमा आबद्ध भए। २०७६ मा सो दलको केन्द्रीय सदस्य निर्वाचित हुँदै उनले राजनीतिक क्षेत्रमा सक्रियता देखाएका छन्।।
मनिष खनाल जेनजी आन्दोलनका अग्रपंक्तिमा सहभागी थिए। आन्दोलनपछि उनी संस्थागत सुधारका लागि सरकारलाई बुझाउने मार्गचित्र तयार पार्न मुख्य भूमिकामा थिए।
उनको प्रारम्भिक शिक्षा नवलपुरको सामुदायिक विद्यालयबाट भएको हो। उनी स्थानीय आवश्यकता र भौगोलिक यथार्थसँग परिचित छन् र संविधानको मर्म, सुशासन र नागरिक केन्द्रित सेवा प्रवाहलाई आफ्नो मुख्य एजेन्डा मान्छन्।

प्रतिक्रिया दिनुहोस