आज: २०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

सभामुखमा डीपी अर्यालको मात्रै उम्मेदवारी


  • समाचार कुञ्ज
  • २०८२ चैत्र २०, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • ७५ पाठक संख्या
  • काठमाडौं : प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालको मात्र उम्मेदवारी परेको छ।

    ghiring

    ghiring

    तोकिएको समयमा अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव दर्ता हुन आएको संसद सचिावलयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

    निर्वाचन तालिका अनुसार आज बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। रास्वपाको एकल बहुमत भएका कारण अरु कुनै पनि दलले सभामुखमा उम्मेदवारी नदिएका हुन्।

    अर्यालयको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने आफैं छन्। समर्थकमा सांसदहरू सोविता गौतम, डा.स्वर्णिम वाग्ले र सुनिल लम्साल रहेको प्रवक्ता गिरीले जानकारी दिए।

    उनका अनुसार चैत २२ गते आइतबार बस्ने बैठकमा अर्याललाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश हुन्छ। प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गरेपछि एक मात्र प्रस्ताव दर्ता हुन आएकाले निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    लोकप्रिय
    ताजा अपडेट