आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • बैशाख १३ ,समर रानाभाट

    घिरिङ  गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क ,भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेकोग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम पालिका  भित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो। कार्यक्रम घिरिङ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विष्णुविर आलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि  घिरिङगाउँपालिकाकी उपाध्यक्ष राधादेवि अधिकारी रहनु भएको थियो भने विशेष अतिथि घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतकृष्ण प्रसाद ढकाल रहनु भएको थियो । 

    घिरिङ गाउँपालिकाको साभुङ्ग हटिया स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन संचालनमा आएको छ। बिशेष गरि गर्भवतीमहिलाहरुको निशुल्क परिक्षण गरिने सो अल्ट्रासाउन्ड मेसिनको   घिरिङ गाउँपालिका -५ साभुङ्ग हटिया स्वास्थ्य चौकीमा बुधबार एककार्यक्रम गरि गाउँपालिका उपाध्यक्ष राधा देवि अधिकारीले मेसिन उद्घाटन गर्नु भएको छ।

    गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारी  गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथाअन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियोएक्सरे  सेवा सञ्चालन गरिरहेको बताईन । 

    ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम सुरु भएपछि गाउँका गर्भवतीका गर्भमा रहेको शिशु र आमा दुवैको स्वास्थ्य अवस्था जानकारी लिनसजिलो भएको उनले बताइन । प्रत्येक गाउँमा पुगेर सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनेसक्ने समस्याको समयमै पहिचान गरी उपचारगर्न सकिने घिरिङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले बताए । 

    भिडियो एक्सरे सेवा प्रत्येक वडा गई सेवा  दिईने स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले बताए । गर्ववती महिला लाई दिइने सेवानि शुल्क हुने उनले बताए । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट