आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

पहिरोको प्रकोपः पहिरोले घिरिङमा भएको क्षतीको स्थलगत निरिक्षण


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २४, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • अन्जान परियार । घिरिङ, असार २४

    गत शुक्रबार र शनिबार आएको अबिरल बर्षाको कारण गएको बाढी र पहिरोको कारण घिरिङ गाउँपालिकामा भएको क्षतीको स्थलगत निरिक्षण गरिएको छ ।

    घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल तथा वडा प्रतिनिधि र प्राविधिकहरुको टोलीले पहिरोले वडा नम्बर २ र ३ मा भएको क्षतीको स्थलगत अवलोकन गरेका हुन् ।

    पहिरोले वडा नम्बर २ स्थित भोरकोट मदन मोटरमार्गमा अत्याधिक ढिस्को झर्ने र छेउबाट भासिएको भेटिएको, देउरालीबाट भित्री बाटोमा केही ठाउँमा पहिरो, छानुङ्गमा पहिरोले १ ओटा बंगुर पुरेको, वडा नम्बर घ स्थित चन्द्रज्योती माविको पछाडिको बाटो बिग्रेको र नजिकै रहेको बाख्रा फार्म भासिएको लगायत अर्चामबास जाने बाटो धेरै ठाउँमा पहिरो गएको भेटिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।

    पहिरोले क्षती भएका अन्य वडाको सबै ठाउँको अनुगमन गरेपछि वर्षा रोकिनासाथ समाधान गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले बताउनुभयो । पहिरोले अवरुद्ध भएको घिरिङको मुख्य सडक कृष्ण मोटरमार्ग भने पहिरो हटाएर सन्चालन गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट