आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

बागलुङ तितौरेमा घर पुरिँदा एक जनाको मृत्यु


  • समाचार कुञ्ज
  • २०८१ अषाढ २७, बिहिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिदा एक जानको मृत्यु भएको छ । विहीबार राती साढे १२ बजे घर माथिदेखि पहिरो खस्दा पुरिएर स्थानीय अन्दाजी ५५ वर्षीया खिलकुमार शर्माको मृत्यु भएको हो ।

    घरमा एक्लै बस्दै आउनु भएकी शर्माको सुतेको बेला पहिरो खस्दा पुरिएर मृत्यु भएको बागलुङ नगरपालिका–७ का अध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो ।

    विहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थल तर्फ जाँदै गरेको उहाँको भनाइ छ । वर्षाका कारण बाटो बिग्रिएको हुँदा प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको अध्यक्ष गैरे बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो – “उहाँ घरमा एक्लै बस्दै आउनु भएको थियो, राति ठूलो पानी प¥यो, घरमाथिबाट एक्कासी पहिरो झर्दा पुरिनु भएछ, विहान छिमेकीले थाहा पाएपछि बल्ल हामीले जानकारी पायौँ, अहिले प्रहरीसहित हामीहरु जाँदै छौँ, रातको समयमा हुँदा पहिरोले पु¥यो, उहाँको घर वरपर खास्सै बस्ती छैन, तत्कालै उद्धारसमेत हुन पाएन ।”फाइल फोटो

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट