आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

हुप्सेकोट गाउँपालिकाद्धारा उत्कृष्ट कर्मचारीहरु सम्मानित


  • समाचार कुञ्ज
  • २०८१ आश्विन ४, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • दिपेन्द्र रेग्मी, असोज ४, कावासोती

    हुप्सेकोट गाउँपालिकाले संविधान दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोट गाउँपालिकाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा, बिहिबार विशेष समारोहको आयोजना गरि पालिकामा कार्यरत कर्मचारिहरुमध्ये उत्कृष्ट सेवा प्रभाह गर्ने कर्मचारिहरुलाई  सम्मान गरेको हो ।

    सो अवसरमा हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीहरू प्रशासकिय अधिकृत रवीन्द्र सापकोटा, रोजगार संयोजक तीर्थराज रेग्मी (सन्दिप), स्वास्थ्य शाखामा कार्यरत टेकनाथ न्यौपाने र ममता भुसाल, त्यस्तै सरु सुवेदी (रेग्मी), सन्देश पन्थी, अन्जीता सारू, नागेन्द्र शाह, गणेश बहादुर ठकुरी, इन्द्र प्रसाद पाण्डे सहित कार्यालय सहयोगी फुल माया रोका विक र चोपबहादुर सिङ ठकुरीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
    यसअघि शिक्षा दिवसको अवसरमा पालिकाबाट विभिन्न उच्च ओहोदामा पुगि विशिष्ट सेवा प्रदान गर्नुहुने विभिन्न कर्मचारि, विद्यार्थि, शिक्षक एवं विभिन्न सामाजिक व्यक्तित्वहरुलाई समेत पालिकाले सम्मान गरेको थियो ।

    यसैविच , संविधान सभा सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य महेन्द्र ध्वज जिसीले नेपालको संविधानले सार्वभौम नेपालीलाई अधिकार सम्पन्न बनाएको बताउनुभएको छ । गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जि.सि.ले भौगोलिक हिसाबले पिछडिएर रहेका जनतालाई यो संविधानले राज्यको अनुभूति दिलाएको बताउनुभएको हो ।
    उहाँले विभिन्न जाति, भाषा, धर्म र फरक सम्प्रदायका जनताहरुलाई समेत वि.सं. २०७२ मा जारि भएको नेपालको संविधानले समान हैसियत प्रदान गरेको भन्दै यो संविधान ल्याउनकालागि निक्कै ठूलो संघर्ष गर्नुपरेको उल्लेख गर्नुभयो ।

    त्यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्ष एवं हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सबैको सहभागिता मुलक समावेसिता सहितको नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान रहेको बताउनुभएको छ । लाखौँ नेपालिहरुको ठूलो संघर्ष, त्याग र बलिदान पछि ल्याईएको संविधानले देशका जुसुकै क्षेत्रमा महिला, दलित, आदिवासी सबैको समान सहभागितालाई अनिवार्य बनाएको भन्दै यति उत्कृष्ट संविधान प्राप्त गरेको दिनलाई साँच्चै नै सबैतहबाट हर्सोल्लासका साथ स्वागत गर्नुपर्ने बताउनुभयो ।

    अध्यक्ष पाण्डेले यो समयसम्म आईपुग्दा भोग्नुपरेका अप्ठ्याराहरुलाई सम्झेर, नकारात्मक कुराहरु गर्नुभन्दा अझ यसलाई कसरी परिस्कृत गर्न सकिन्छ ? भन्ने विचारविमर्श गर्दै देशको समृद्धिको यात्रामा सबै एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

    त्यस्तै कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्ण सिङ रानाले पछिल्लो समय देशका युवाहरुको विदेश पलायन हुने क्रम बढेको भन्दै वर्तमान संविधानले प्रदत्त गरेका विभिन्न अधिकारहरुको प्रयोग गर्दै स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यहि संविधान ल्याउन लाखौँ युवाहरुले बलिदानि दिएको स्मरण गर्दै त्यो बलिदानलाई त्यसै खेर जान दिनु नहुनेमा जोड दिनुभयो ।

    कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले नेपालको संविधानका प्रमुख विशेषताहरूकाबारे प्रकाश पर्नु भएको थियो ।

    कार्यक्रममा हुप्सेकोट गाउँपालिका शिक्षा समितिका सदस्य भिमनारायण रेग्मी, सङ्घीय समाजवादीका प्रतिनिधि लालबहादुर पाटा, नेकपा माओवादी केन्द्र नयाँ दत्त गौतम, नेकपा एमालेका गन बहादुर सारू, नेपाली काँग्रेसका टोप बहादुर सेन, नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष इन्द्रराज भट्टराई, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल लगाएतले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा विभिन्न जात जातिको मौलिक नृत्य, भेसभुसा प्रर्दशनि, विद्यालयका बालबालिकाको प्रस्तुति सहित विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट