आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २९, बिहिबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • गण्डकी प्रदेशकी सांसद एवं नेपाली कांग्रेसकी नेत्री विमला गौचनको निधन भएको छ ।

    डेंगु संक्रमण भई घरमै आराम गरिरहेकी गौचनलाई गएराति हृदयाघात भएकोमा उपचारका लागि तत्कालै काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान करिब १२ः१० बजे निधन भएको हो

    केही समयअघि दामोदर कुण्डमा लेक लागेर बिरामी परेर उनलाई हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।

    गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद तथा पार्टीको गण्डकी प्रदेश सदस्यसमेत हुन् ।

    नेपाल महिला संघ म्याग्दीका समपति रहेकी उनी गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समिति सदस्यसमेत हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट