आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

बौदीकाली गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा डेढगाउँ प्रथम


  • समाचार कुञ्ज
  • २०८१ मंसिर १५, शनिबार मा प्रकाशित १ साल अघि
  • ११ पाठक संख्या
  • बौदीकाली गाउँपालिकामा संचालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा डेढगाउँ माध्यमिक विद्यालय प्रथम भएको छ । बौदीकाली गाउँपालिकाको आयोजना तथा धर्मात्मा माध्यमिक विद्यालयको संयोजनमा मंसिर १२ गतेदेखि १४ गतेसम्म सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड(अन्तर विद्यालय स्तरीय खेलकुद) प्रतियोगितामा डेढगाउँ प्रथम भएको हो । डेढगाउँ माध्यमिक विद्यालयले १० स्वर्ण, १ रजत र ७ कास्य सहित प्रथम भएको हो ।

    गाउँपालिकामा रहेका ८ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा धर्मात्मा माध्यमिक विद्यालयले ५ स्वर्ण, १० रजत र ५ कास्य सहित द्वितीय भएको छ भने शारदा माध्यमिक विद्यालयले ५ स्वर्ण, ७ रजत र १ कास्यसहित तृतीय भएको छ ।

    बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाको अध्यक्षतामा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहमा बौदीकाली गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष श्याम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरि कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।मंसिर १२ गतेदेखि १४ गतेसम्म संचालित प्रतियोगिताको पुरस्कार शुक्रबार वितरण गरिएको हो । कार्यक्रममा पदक जित्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट